काठमाडौं- कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
निटकतम प्रतिस्पर्धी नेकपा (एमाले)का नगिन्द्र शाहीलाई ८ हजार ६४ मतको फराकिलो अन्तरले पराजित गर्दै महेन्द्र निर्वाचित भएका हुन्।
महेन्द्रले २४ हजार ४७४ मत पाउँदा एमालेका नगेन्द्रले १६ हजार ४१० मत पाए।