काठमाडौं- मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले १० हजार ३५६ मत प्राप्त गरेका छन्।
नेकपा (एमाले)उम्मेदवार राजबहादुर कार्कीले ७ हजार ८४१ मत प्राप्त पाएका छन्।
प्रदेशसभा 'क' मा एमालेका जीतबहादुर मल्लले ४ हजार २७२ तथा नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले ३ हजार २९७ मत पाएका छन्।
प्रदेशसभा 'ख' मा नेकपा (माओवादी केन्द्र) का मङ्गलबहादुर शाहीले ५ हजार ८१४ तथा एमालेका कर्णबहादुर मल्लले ३ हजार ७५९ मत पाएका छन्। प्रतिनिधि सभा तथा प्रदेशसभातर्फ गणना जारी छ।