पाल्पा- पाल्पा-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन्। आचार्यले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गरेका हुन्।
विजयी आचार्यले ३१ हजार १०३ मत प्राप्त गरेका थिए। कांग्रेसका गाहाले २० हजार २५६ मत पाए। स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८६३ मत पाएका छन्। यो क्षेत्रमा २०५१ सालदेखि एमालेका उम्मेदवार विजयी हुँदै आएका छन्।