काठमाडौं– स्याङ्जा १ बाट नेपाली कांग्रेसका राजु थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। थापाले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गरेका हुन्।
थापाले ३१ ह्जार ९९९ मत ल्याउँदा मरासिनीले २८ हजार ७४४ मत ल्याएका छन्। थापाले ३ हजार २५५ मतान्तरले चुनाव जितेका हुन्।
२ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा अर्को क्षेत्रमा कांग्रेसले बुथ क्याप्चर गरेको दाबी गरेपछि हालसम्म मतगणना सुरु हुन सकेको छैन।