काठमाडौं– कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। एमाले उम्मेदवार झपटबहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन्।
चौधरीले २१ हजार ८७१ मत पाउँदा रावलले १६ हजार १२८ मत ल्याए। माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत पाए।