काठमाडौं– पाल्पा २ बाट नेकपा एमालेका ठाकुर गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
गैरे सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। गैरेले २७ हजार ८१७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पाण्डेयले २३ हजार ८५१ मत ल्याए।