काठमाडौं– सिरहा ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठले २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए।
यस्तै, जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत ल्याए। श्रेष्ठ २०७४ मा पनि यो क्षेत्रबाट निर्वाचित भएका थिए।