काठमाडौं– सिरहा ४ बाट जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। महतो निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै निर्वाचित भएका हुन्।
महतोले २४ हजार १०२ मत ल्याउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत पाए। यस्तै, एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १ हजार ६८३, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगिनाकुमारी झाले १ हजार ७३ मत ल्याइन्।