काठमाडौं– काभ्रे २ बाट प्रतिनिधिसभामा एमाले नेता गोकुल बाँस्कोटा विजयी भएका छन्। बाँस्कोटाले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका हुन्।
बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याए भने हुमागाईंले ३९ हजार ५८२ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए।
यसअघि २०७४ मा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए। यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि १६ जना प्रतिस्पर्धामा थिए।