काठमाडौं– प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेले १० लाख बढी मत पाएको छ। निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको हो।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ८४ हजार ८८६ मत पाएको छ।
यस्तै, नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२०, जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याएका छन्। आयोगका अनुसार जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादीले ७१ हजार ६६७ मत पाएका छन्।