सर्लाही- सर्लाही निर्वाचन क्षेत्र ३ (क) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी भएका छन्।
१६ हजार पाँच सय ९१ मतसहति कुशवाहाले जित निकाल्दा निकटतम् प्रतद्विन्द्वी नेकपा एमालेका गणेशप्रसाद प्रसाईँले १५ हजार एक सय ६६ मत प्राप्त गरेका हुन्।
त्यस्तै सर्लाही ३ (ख) प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सञ्जयकुमार यादव पुनः विजयी भएका छन्। यसै प्रदेशसभाबाट निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका उनले १३ हजार एक सय ९० मत प्राप्त गरी विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोजकुमार रायले ८ हजार तीन सय ४८ मतमात्र प्राप्त गरेको निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले बताए। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार हरेसप्रसाद महतोले आठ हजार ३५ मत प्राप्त गरेका छन्। जिल्लामा तीन प्रतिनिधिसभा र सात प्रदेशसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।