सिन्धुपाल्चोक- सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङलाई फराकिलो अन्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन्। उनीहरूबीचको मतान्तर ११ हजार ८ सय ७४ छ।
बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्दा २०७४ मा जितेका तामाङले २७ हजार ४९३ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले २ हजार ८१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २ हजार ५४३ पाइन् ।
२०१५ सालमा कांग्रेसका चन्द्रलाल श्रेष्ठले यो क्षेत्रमा चुनाव जितेका थिए। त्यसयता कांग्रेसले यो क्षेत्र जित्न सकेको थिएन।
कांग्रेसका केन्द्रीय सदस्य बस्नेत माओवादीसँग गठबन्धन बनेपछि विगतमा आफू उम्मेदवार बन्दै आएको क्षेत्र सिन्धुपाल्चोक-१ बाट सिन्धुपाल्चोक-२ बाट चुनावी मैदानमा थिए। आफूले ६४ वर्षपछि यस क्षेत्रबाट कांग्रेसलाई जिताएको बताउँदै विजयी बस्नेतले प्रत्येक प्रतिबद्धता पूरा गर्ने वाचा गरेका छन्।
प्रदेशसभामा सिन्धुपाल्चोक-२ 'ख'बाट कांग्रेसका कृष्णबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले १७ हजार ७५८ मत ल्याउँदै एमालेका हस्त पण्डितलाई पराजित गरे। पण्डितले १६ हजार २ सय ५३ मत पाए। सिन्धुपाल्चोक- २ 'क'मा माओवादीका युवराज दुलालले २० हजार ९०६ मत पाएर १२ हजार १३९ मत पाएका एमालेका अमानसिं तामाङलाई पराजित गरे।