सिमकोट- हुम्ला प्रदेशसभा (ख)बाट वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रणसिंह परियारले छ हजार चार सय ८१ मत विजयी भएका छन्।
उनले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गरेका छन्। शाहीले चार हजार छ सय ३० मत प्राप्त गरेका थिए।
यस्तै नेकपा(एमाले)का उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने नेकपा (एकीकृत समाजवादी)का हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे।