परासी- नवलपरासी पश्चिम-१ बाट कांग्रेसका विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। नेपालका एक मात्र डलर अर्बपति चौधरीले जनता प्रगतिशील पार्टी गठन गरेका हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन्।
चाैधरीले २९ हजार ४ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत ल्याए। चौधरीले पाँच पटक चुनाव जितेका हृदयेशलाई हराएका हुन्।
यसअघि समानुपातिक कोटाबाट सांसद बनेका चौधरीले पहिलोपल्ट प्रत्यक्षबाट चुनाव जितेका हुन्।