नेपालगञ्ज- युवा तथा खेलकुदमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराज प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन्। एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले उनलाई पराजित गरेका हुन्।
विजयी ढकालले २५ हजार २६ मत ल्याउँदा गहतराजले १९६३२ मत पाए। ढकाल ५ हजार ३९४ मतान्तरले विजयी भएका हुन्।
उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत प्राप्त गरी तेस्रो स्थानमा प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत पाए।
बाँके १ मा कुल ७५ हजार ९७४ मत खसेको थियो भने ५ हजार १६२ मत बदर भएको थियो।