लहान- सिरहा-१ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्।
सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका पदम नारायण चौधरीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्।
निकटतम प्रतिस्पर्धी चौधरीभन्दा २ हजार ८३ बढी मत ल्याएर यादव विजेता बनेका हुन्।
यादवले २९ हजार ४ सय ६२ मत पाएर विजयी हुँदा चौधरीले २७ हजार ३ सय ७९ मत पाए।
यसअघि २०७४ मा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका स्व. प्रदीप गिरी निर्वाचित भएका थिए।