शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा कम्पनीको सीईओ र सञ्चालक बन्न प्रहरी रिपोर्ट अनिवार्य

बिमा कम्पनीको सीईओ र सञ्चालक बन्न प्रहरी रिपोर्ट अनिवार्य

प्राधिकरणको निर्देशनसँगै बिमा क्षेत्रमा हुने आर्थिक अपराध न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक बन्नका लागि अब प्रहरी रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ। नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई निर्देशन जारी गर्दै सीईओ र सञ्चालकका लागि प्रहरी रिपोर्ट अनिवार्य पेस गर्न भनेको हो। प्राधिकरणको निर्देशनसँगै बिमा क्षेत्रमा हुने आर्थिक अपराध न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

बिमा कम्पनीहरुको एक प्रतिशतभन्दा बढी संस्थापक सेयर कारोबार गर्नुपरे प्राधिकरणसँग स्वीकृति माग गर्दाको बखतमा नै त्यस्तो सेयर खरिदकर्ताको पनि प्रहरी रिपोर्ट पेस गनुपर्ने प्राधिकरणले कम्पनीलाई निर्देशन दिएको छ।

बिमालेखमा हितग्राही/मनोनित उल्लेख गर्दा उक्त व्यक्ति उच्च राजनैतिक व्यक्ति भए/नभएको यकिन गनुपर्ने र बिमालेखमा बीमितको परिचय खुल्ने कागजात जस्तै, नेपाली नागरिकता र सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात अनिवार्य व्यवस्था गर्न पनि निर्देशन दिएको छ। 

प्राधिकरणका अनुसार २५ लाख भन्दाबढी बिमाङ्क कायम गरी जारी हुने जीवन बिमालेखमा इच्छाइएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्नेछ। 

बिमा कम्पनीहरुका कर्मचारी तथा बिमा अभिकर्ताका लागि सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलाप वित्तीय लगानी निवारणसम्बन्धी तालिम/अभिमुखीकरणको संख्या बढाउन पनि प्राधिकरणको निर्देशन छ। बिमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण गरिएको सूचना पाएपछि प्राधिकरणले सो निर्देशन दिएको हो। 

प्रकाशित: Nov 24, 2022| 17:14 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्