शुक्रबार, असार २७, २०८२

बीवाइडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेइकल’

गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पूरा गरेको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पूरा गरेको छ। चिनियाँ ग्लोवल ब्राण्ड बीवाइडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख यूनिट रोलआउट गरेको खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो।

बीवाइडीले न्यू इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख यूनिट एउटा संकेत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको जनाएको छ। चिनियाँ निर्माताले पहिलो १० लाख यूनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो। त्यसपछिको अर्को १० लाख यूनिट एक वर्षमा पूरा गरेको कम्पनीले अन्तिम १० लाख यूनिट उत्पादन र विक्री ६ महिनामा पूरा गरेको हो।

कम्पनीले पछिल्ला १८ महिनामा २० लाख यूनिट कार उत्पादन गरेर बजारमा पठाएको छ। यसलाई न्यू इनर्जी भेहिकल उत्पादनको क्षेत्रमा निकै चाखपूर्ण तरिकाले हेरिदै आएको छ। यो उत्पादन र विक्री आंकडाबाट न्यू इनर्जी भेहिकल इन्डष्ट्रीको बढोत्तरी कसरी भएको छ र ग्लोबल ग्रिन मोविलीटीमा कस्तो सहयोग पुगेको छ भन्ने प्रस्ट देखाएको छ।

३० लाख यूनिटक कार उत्पादन र विक्री भएको खुसीयाली मनाउने क्रममा बीवाइडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, मिडियाकर्मी, उद्योगका पार्टनर, लगानीकर्ता, विक्रेता डिलर र कम्पनीका कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए।

उक्त अवसरमा चेयरम्यानले एसियन फुटबल कन्फिडरेसनबाट सन्२०१८ को एसियन महिला फुटबल अफ दी एयरबाट सम्मान भएकी वाङ सुवाङलाई आफ्नो ३० लाखौं उत्पादन हस्तान्तरण गरेका थिए।

बीवाइडीले आफ्नो ग्लोबल स्ट्राटीजी अनुसार भविष्यमा ग्लोबल अटोमोवाइल बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तिब्रगतीमा अगाडि बढ्ने जनाएको छ। अहिले बीवाइडीले आफ्नो उपलब्धता ६ वटै महादेशको७० देशका ४०० भन्दा बढी सहरहरुमा पुर्याएको छ।

बीवाइडीको ३० लाख औं उत्पादन एक महत्वपूर्ण माइलस्टोन मात्र नभई विश्व ग्रीन माविलीटीमा कसरी उत्साहका साथ अगाडि बढिरहेको छ भन्ने प्रमाण पनि हो। भविष्यमा बिवाइडीले आफ्नो पार्टनहरुसँगको सहकार्यमा हाइक्वालीटी प्रोडक्टको विकास गर्ने जनाएको छ। बीवाइडीले ग्रीन मोविलीटीको विकासले हाम्रो पृथ्वीलाई हरित विश्वमा परिणत गर्न सघाउ पुर्याउनेमा विश्वास लिएको छ।

प्रकाशित: Nov 24, 2022| 15:34 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्