शुक्रबार, असार २७, २०८२

मीको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडी टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

‘फिफा वल्र्डकप समस्त फुटबल प्रेमीहरुको लागि एकदमै प्रतिक्षित समय हो। वल्र्डकप हेर्नकै लागि भनेर नयाँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन्। यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ। उहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौं, शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने।

यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ७५ इन्चको मी क्युएलइडी टेलिभिजन जित्ने मौका पाउनेछन्। त्यस्तै, अन्य ग्राहकहरुले दैनिक रुपमा ४५ हजार ९९९ रुपैयाँ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन्। 

लक्की ड्रमा सहभागी हुनको लागि टिभीमा भएको कोड स्क्यान गर्नुपर्ने अथवा टिभीको सिरियल नम्बर ३१००७ मा पनि एसएमएस गर्नुपर्ने कम्पनीले जानकारी दिएको। यो अफर मंसिर ४ गतेदेखि पुस ३ गतेसम्म लागू हुनेछ।


प्रकाशित: Nov 24, 2022| 15:30 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्