काठमाडौं– झापा ४ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार एलपी साँवा लिम्बू निर्वाचित भएका छन्। उनले २९ हजार ३१५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार रहेका देउमान थेबेलाई हराएका हुन्। थेबे कांग्रेस झापा जिल्ला कमिटी अध्यक्षसमेत हुन्।
साँवा २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले ५ हजार १० मत ल्याएकी छन्। ढकाल पूर्वप्रहरी हुन् भने खुश्बु पूर्वमिस टिन नेपाल हुन्। झापा ४ मा ७८ हजार ४८३ मत खसेको थियो।