जनकपुर- धनुषा १ मा माओवादी नेता मातृकाप्रसाद यादव फराकिलो मतान्तरले पछि पर्दै गएका छन्। हालसम्मको गणनामा उनी २२०० मतले पछि परेका हुन्।
जनता समाजवादी पार्टी नेता दीपक कार्की ८ हजार ७८९ मतका साथ लिड गरिरहेका छन्। यादवले ६ हजार ५७९ मत पाएका छन्।
जनमत पार्टीका किशोरी साहले ४१७१ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका मनोज मल्ल ठकुरीले ३७०६ मत ल्याएका छन्।