विराटनगर- मोरङको क्षेत्र नम्बर ६ (क) मा नेकपा माओवादी केन्द्रका जीवन आचार्य विजयी निर्वाचित भएका छन्। नेकपा एमालेका रीता न्यौपानेलाई पराजित गर्दै आचार्य विजयी भएका हुन्।
आचार्यले १९ हजार ४५४ मत प्राप्त गर्दा न्यौपानेले १७ हजार ५७२ मत प्राप्त गरिन्।
आचार्य २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रमा प्रदेशसभाका उम्मेदवार थिए। उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका चुमनारायण तवदारसँग पराजित भएका थिए।