काठमाडौं- प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेले शीर्षस्थान कायमै राखेको छ। जारी मतगणनाको पछिल्लो अद्यावधिक विवरण अुनसार नेकपा एमालेले ५ लाख ४८ हजार ८५३ मत पाएको छ। कांग्रेसले ५ लाख १४ लाख ८५६ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ। एमाले र कांग्रेसबीचको फरक ३३ हजार ९९७ छ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ८२ हजार ७४७ मत पाएको छ। माओवादी केन्द्र २ लाख ५४ हजार ९२७ मत प्राप्त गरेर चौथो स्थानमा छ। राप्रपाले १ लाख ५२ हजार ४९३ मत पाएको छ। यस्तै जनता समाजवादी पार्टी, नेपालले समानुपातिकमा ६५ हजार ४९३ मत प्राप्त गरेको छ।
नेकमिपाले ५१ हजार १६१ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीको ३७ हजार ८७३ मत छ। यो दिउँसो १:२५ बजेसम्ममा आयोगले सार्वजनिक गरेको तथ्यांक हो।
बाँकी तलको तालिकामा