मोरङ- मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो अग्रतालाई फराकिलो पार्दै लगेका छन्।
पछिल्लो मत परिणाम अनुसार कोइरालाले २१ हजार ८४८ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन्। उनलाई एमालेका लालबाबु पण्डित १५ हजार ७०५ मतसहित पछ्याइरहेका छन्। उनीहरूबीचको मतान्तर ६ हजार १४३ रहेको छ।
मोरङ ६ मा राप्रपाका गोपाल क्षेत्री ६ हजार ४८६ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधान ५ हजार ६८४मत सहित चौथोमा छन्।