काठमाडौं- चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले विजय र्याली नगर्ने भएका छन्। उनले र्यालीको साटो आज ३ बजे भरतपुर १० गेस्ट हाउस चौरमा, भोलि ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे नै सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा धन्यवाद सभा गर्ने बताए।
राजनीतिमा निर्वाचित हुनु भनेको विजयी नभई जाँच दिन जानका लागि सक्षम हुनु मात्र भएको उनले प्रतिक्रिया दिएका छन्। 'म आजबाट जाँच दिन जाँदैछु। जसको नतिजा ५ वर्षपछि मात्र आउँछ। म जनतालाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्न,’ उनले भने।
उनले विजय सभामा फूलमाला अबिर खादा केही पनि नल्याउन आग्रह गरेका छन्। सभा हुने ठाउँहरूमा २ वटा बाकस हुने र एउटा बाकसमा समस्या र अर्को बाकसमा बाकसमा उजुरी, समस्या, सुझाव राख्न आग्रह गरेका छन्।