काठमाडौं– एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई निर्वाचित भएका यी भएका छन्। उनले सत्ता गठबन्धनबाट चुनावी मैदानमा रहेका कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन्।
राईले १९ हजार ३२४ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी केसीले १६ हजार ५४५ मत पाए। तीन पटक मन्त्री भइसकेका केसी एमाले केन्द्रीय सदस्य राईसँग पराजित भएका हुन्।