काठमाडौं– सर्लाही क्षेत्र १ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन्।
चौधरी २४ हजार ८३८ मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार खड्काले १८ हजार ४०४ मत ल्याए। यस्तै, जसपाका प्रमोद साहले १४ हजार २५५ मत पाए भने जनमत पार्टीका रामविश्वास रायले ४ हजार ९६ मत ल्याए।