काठमाडौं- धनुषाको क्षेत्र ३ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित भएका छन्।
सत्ता गठबन्धनको साथ पाउएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपा एमाले गठबन्धनका उम्मेदवार जसपाका जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत पाए। त्यस्तै, जनमत पार्टीका उम्मेदवार डा. प्रसन्नकुमार झाले सात हजार एक सय ८६ मत पाएका छन्।