रुपन्देही- रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेकपा एमालेका लिला गिरी निर्वाचित भएका छन्।
एमाले पोलिटब्युरो सदस्य गिरी प्रदेशका पूर्वमन्त्रीसमेत हुन्। गिरीले १७ हजार छ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार नौ सय ९८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए।
यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो। क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ अगाडि रहेका छन्।---