काठमाडौं- भक्तपुर १ का नेमकिपाका उम्मेदवार प्रेम सुवाल निर्वाचित भएका छन्। सुवाल ३० हजार मतान्तरसहित निर्वाचित भएका हुन्। नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत पाए। निर्वाचित सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ।