दाङ- दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (२) बाट कांग्रेस डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार रहेको चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत पाएका छन्। चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए।
पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुन्।