इलाम- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवास नेम्वाङले अग्रता कायम राखेका छन्। नेम्वाङले ११ हजार ६२१ मतसहित अग्रता कायम राखेका हुन्।
दोस्रो स्थानमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ७८८ मत ल्याएका छन्। हालसम्म २६ हजार ७८२ मत गणना भएको छ।