दाङ- दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदमा ६ हजार ६२३ मत गन्न बाँकी रहँदा नेकपा एमालेका महासचिव शंकर पोखरेल ४१७ मतले पछि परेका छन्।
७२ हजार ८२२ मतगणना हुँदा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले २५ हजार ६७ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन्।
प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी तेस्रो स्थानमा छन्। उनले १५ हजार १७५ मत प्राप्त गरेका छन्।
दाङ क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७४८ मतदाता मध्ये ७९ हजार ४४६ मत खसेको थियो।