काठमाडौं- लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्दै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन्।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार १८८ मतान्तरले पछि पार्दै पृथ्वीसुब्बा निर्वाचित भएका हुन्। गुरुङले ३४ हजार ९६९ मत र देवले ३१ हजार ७८१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ।
कुल एक लाख ३३ हजार ५५९ मतदाता रहेकामध्ये ८० हजार १९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा २०६४ मा तत्कालीन लमजुङ-२ बाट विजयी भएका थिए। २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट विजयी भएका थिए। उनी गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्री पनि हुन्।