बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कपडा पसलमा आगलागी हुँदा गौरमा एकै घरका तीन बालबालिकाको मृत्यु

कपडा पसलमा आगलागी हुँदा गौरमा एकै घरका तीन बालबालिकाको मृत्यु

रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा एकै घरका तीन बालबालिकाको जलेर ज्यान गएको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

रौतहट- रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा एकै घरका तीन बालबालिकाको जलेर ज्यान गएको छ।

गौर नगरपालिका-१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ। आगलागीमा गम्भीर घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन भाइते भएका छन्। घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा लडेर नसिमा घाइते भएकी थिइन्। घाइते सबैको ज्यान जोगाउन भाग्ने क्रममा लडेर खुट्टामा चोट लागेको हो।

घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ। पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ।

कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगलागीले क्षति पुगेको छ।

प्रकाशित: Nov 24, 2022| 08:26 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।