दैलेख- दैलेख २ बाट प्रतिनीधि सभा निर्वाचन तर्फ कांग्रेसका उम्मेदवार दिक्पालकुमार शाही निर्वाचित भएका छन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका शाही १ सय ५३ मतान्तरले विजयी भएका हुन्। शाहीले २० हजार १ सय ५८ मत प्राप्त गरेका छन्।
गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएका नेकपा एमाले लक्ष्मीप्रसाद पोखरेलले २० हजार ५ मत प्राप्त गरेका छन्। पोखरेल एमालेको पोलिटब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज हुन्।