बुटवल- प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्म्म ३३ हजार ८०५ मत गनिएको छ।
त्यसमध्ये नेकपा एमालेका उमेदवार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत ल्याउँदै अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार घनश्याम भुसालले ६ हजार ८५३ मत पाएका छन्। उनीहरूबीचको मतान्तर एक हजार ५४९ छ।
यस्तै, अर्का नागरिक उन्मुक्ति पार्टीका उमेदवार धनीराम चौधरीले पाँच हजार ४०७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार नरेशबहादुर पछाई क्षेत्री चार हजार पाँच मतसहित चौथो स्थानमा छन्।