दैलेख- दैलेख क्षेत्र १ मा नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापा विजयी भएका छन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थापा ८४९ मतान्तरले विजयी भएका हुन्।
थापाले १८ हजार २ सय ५६ मत प्राप्त गरेका छन्। थापा २०७४ को निर्वाचनमा नेकपा एमालेबाट दैलेख–१, प्रदेश सभा (क) बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
गठबन्धनसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४ सय ७ मत प्राप्त गरेका छन्। शर्मा दैलेख–१ बाट २०७४ मा निर्वाचित भएका थिए।