म्याग्दी- म्याग्दीमा प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी भएका छन्।
उनले नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन्।
खर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी भएको छन् भने प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत ल्याएका थिए।