काठमाडौं- निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको पछिल्लो अपडेट अनुसार नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ।
नेकपा एमाले समानुपातिकतर्फको शीर्ष स्थानमा छ। जारी मतगणनाको पछिल्लो तथ्यांक अनुसार एमालेले अहिलेसम्म ४ लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ३२ हजार १०८ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ४१ हजार ६८० मत प्राप्त गरेको छ।
पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म एक लाख २६ हजार ७८२ मत प्राप्त गरेको छ।