कञ्चनपुर- कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद छ हजार चार सय ५५ मतान्तरले निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उनले २८ हजार एक सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार छ सय ४५ मात प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार नौ सय ३१ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो। जसमा चार हजार नौ सय २० मत बदर भएको छ।