जाजरकोट- जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन्। ९ हजार ३१ मतान्तरले बस्नेत विजयी भएका हुन्।
उनले ३४ हजार एक सय ५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार एक सय २० मत ल्याए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए। बस्नेतले योसँगै तीन पटक संदसदीय निर्वाचन जिते। २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए।