बुटवल- रुपन्देही क्षेत्र ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरेले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई फराकिलो मतान्तरसहित पराजित गरेका छन्।
उनले कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन्।
एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे। शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए।