काठमाडौं- कास्की क्षेत्र २ बाट नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेललाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्।
विजयी भट्टराईले १६ हजार ९९८ मत प्राप्त गरिन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गरे।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल भने तेस्रो स्थानमा रहे। बरालले ९ हजार ६५९ मत प्राप्त गरे।