हेटौंडा- मकवानपुर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन्।
नेकपा एसका चर्चित उम्मेदवार विरोध खतवडालाई पराजित गर्दै एमालेका बर्तौलाले जित हात पारेका हुन्।
अन्तिम मत परिणाम आउँदासम्म बर्तौलाले ३४ हजार ६ सय १६ मत प्राप्त गरेका थिए। त्यस्तै नेकपा एसका खतिवडाले ३० हजार ३ सय ९४ मत प्राप्त गरे। यो क्षेत्रमा ८६ हजार ६५२ मत खसेको थियो।