काठमाठौं- बझाङबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
जोशीले नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई एक हजार एक मत अन्तरले हराउँदै निर्वाचित भएका हुन्।
नेकपा (एस) का जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाए। जोशी एक वर्ष अगाडि नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।