म्याग्दी- म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन्। गर्बुजाले नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ को मतान्तरले पराजित गरेका हुन्।
गर्बुजाले २४ हजार २१ मत पाउँदा एमालेका श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरे। गर्बुजा २०७० र २०७४ मा एमालेका उम्मेदवारसँग पराजित भएका थिए।
प्रतिनिधि सभा सदस्यमा विजयी गर्बुजा कांग्रेस म्याग्दीका सभापतिसमेत हुन्।