विर्तामोड- झापा-२ बाट प्रतिनिधि सभाको सदस्यमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।
निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत (भद्रप्रसाद) नेपाललाई २ हजार २९७ मतले पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन्।
घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत ल्याएका छन्। माओवादी केन्द्रका हरि रानाले १३ हजार ७१४ मत ल्याएर तेस्रो भए।
झापा २ मा ८४ हजार ५८९ मत खसेको थियो। जसमध्ये ५ हजार ४९६ मत बदर भएको छ।