अछाम- अछाम-२ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन्।
२२ हजार ९ सय ५४ मत प्राप्त गरी विजयी घोषित भएका शाहका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त पाए।
अछाम कांग्रेसका सभापतिसमेत रहेका शाहले बोगटीलाई ६ हजार ८४० मतले पछि पारेका हुन्।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बोगटीसँग शाह २ हजार ८५९ मतले पछि परेका थिए।