कञ्चनपुर- कञ्चनपुर-३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन्।
निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई लेखकले १२ हजार ७७ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्।
लेखकले ३० हजार ५२३ मत प्राप्त गरे। पालले १८ हजार ४४८ मत पाइन्।
यो क्षेत्रमा ५७ हजार ७५८ मत खसेको थियो। यहाँ ३ हजार ६९९ मत बदर भएको छ।